Sunday, August 30, 2020


खगेन्द्र पराजुली, 
१४ भदौ, नवलपुर । 

आज आईतवार पछिल्लो  २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशैभरबाट आज एकैदिन १ हजार २ सय २१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ हजार ७ सय १७ स्वाव नमूनाको पिसीआर परिक्षण भएको जानकारी दिनुभयो । 

हालसम्म कोभिड १९ परीक्षण गर्ने क्रममा पिसीआर बिधि अनुसार ६ लाख ८२ हजार ३ सय ४३ नमूना परिक्षण भएको जानकारी गराउनुभएको छ । 

डा. गौतमले प्रदेश १ मा ३ जना, बाग्मतीमा १ जना र प्रदेश ५ मा २ जना गरी  १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको र देशैभरी १ सय ४४ जना आईसीयुमा उपचाररत रहेको बताउनुभएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । देशका बिभिन्न आईशोलेसनबाट आज एकदिनमा २ सय ६७ जना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ । 

आईतवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशैभरी आज सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १५ रहेको जानकारी दिनुभयो । 
जस्मा संस्थागत आईशोलेशनमा रहने संक्रमितको संख्या १० हजार ६ सय १२ छ भने होम आईशोलेशनमा रहनेको संख्या ६ हजार ९ सय ६ रहेको बताउनुभएको छ ।

आज देशैभर क्वारेन्टिनमा बस्नेको संख्या ७ हजार ७ सय ९७ रहेको छ ।  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ सय २१ पुगेको छ । 
आज आईतवार मृत्यु पुष्टि हुनेमा ४ महिला र १० पुरुष छन् । 
सुनसरीकी ७४ बर्षकी, बाराकी ४७ बर्षकी, महोत्तरीकी ६२ बर्षकी र काठमाण्डौकी ७२ बर्षकी एक–एक जना गरी चार जना महिलाको ज्यान गएको मन्त्रालयले जनाएको छ । 
यस्तै, सुनसरीका ६० बर्षका, मोरङका ६२ बर्षका, महोत्तरीका ७० बर्ष र ३५ बर्षका, रौतहटका ३० बर्षका, ललितपुरका २९ बर्षका, भक्तपुरका ६५ बर्षका, नवलपुरका ६२ बर्षका, रुपन्देहीका ५७ र ६७ बर्षका गरी १० जना पुरुषको पनि कोभिड १९ संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयले संक्रमण पुष्टि भएको स्वाव लिएको दिनले १० दिनमा स्वाव परीक्षण गर्ने र उक्त स्वाव नेगेटिभ आए डिस्चार्ज गर्न र त्यसपछि ४ दिनपछि परीक्षण नगरी डिस्चार्ज गर्न सर्कुलर समेत गरेको छ । 
मन्त्रालयले यसलाई बिश्व स्वास्थ्य संगठनको मापदण्डको प्रोटोकल भएको भन्दै १४ दिनपछि डिस्चार्ज गर्न निर्देशन गरेको छ । 
अघिल्लो दिनको अपडेट समाचार

आज थपिए ८ सय ८४ संक्रमित, कुल संक्रमित ३७ हजार ३ सय ४०


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *