Saturday, August 29, 2020


खगेन्द्र पराजुली, 
१३ भदौ, नवलपुर  ।

शनिवार पछिल्लो  २४ घण्टामा ८ सय ८४ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशैभरबाट आज एकैदिन ८ सय ८४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार  सय  स्वाव नमूनाको पिसीआर परिक्षण भएको जानकारी दिनुभयो । 
हालसम्म कोभिड १९ परीक्षण गर्ने क्रममा पिसीआर बिधि अनुसार ६ लाख ६९ हजार ६ सय २६ नमूना परिक्षण भएको जानकारी गराउनुभएको छ । 
डा. गौतमले प्रदेश १ मा ३ जना, बाग्मतीमा १७ जना र प्रदेश ५ मा २ जना गरी २२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको र देशैभरी १ सय ७५ जना आईसीयुमा उपचाररत रहेको बताउनुभएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १३ जना संक्रमणमुक्त भएका छन् । देशका बिभिन्न आईशोलेसनबाट आज एकदिनमा ३ सय १३ जना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ । 
शनिवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशैभरी आज सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको जानकारी दिनुभयो । 
जस्मा संस्थागत आईशोलेशनमा रहने संक्रमितको संख्या १० हजार १ सय ४५ छ भने होम आईशोलेशनमा रहनेको संख्या ६ हजार ४ सय ४५ भएको बताउनुभएको छ ।
आज देशैभर क्वारेन्टिनमा बस्नेको संख्या ८ हजार ३५ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ सय ७ पुगेको छ । 
आज शनिवार मृत्यु पुष्टि हुनेमा ३ महिला र ९ पुरुष छन् । 
पाल्पाकी ३०, काडमाण्डौकी ५१ र भक्तपुरकी ६२ बर्षका ३ महिलाको ज्यान गएको मन्त्रालयले जनाएको छ । 

यस्तै, पर्साका ४८ र ३९ बर्षका ललितुिरका ७२ र ६१ बर्षका, सिराहाका ८४, गोर्खाका ३८, कास्कीका ५८, काठमाण्डौका ८३ र भक्तपुरका ८२ बर्षका गरी ९ नौ पुरुषको पनि कोभिडका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । 


अघिल्लो दिनको अपडेट समाचार

आज थपिए ९ सय २७ संक्रमित, कुल संक्रमित ३६ हजार ४ सय ५६


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *