खगेन्द्र पराजुली,
१२ भदौ, नवलपुर ।
शुक्रबार पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशैभरबाट आज एकैदिन ९ सय २७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ स्वाव नमूनाको पिसीआर परिक्षण भएको जानकारी दिनुभयो ।
हालसम्म कोभिड १९ परीक्षण गर्ने क्रममा पिसीआर बिधि अनुसार ६ लाख ५८ हजार १ सय १० नमूना परिक्षण भएको जानकारी गराउनुभएको छ ।
डा. गौतमले प्रदेश १ मा ३ जना, बाग्मतीमा १७ जना र प्रदेश ५ मा २ जना गरी २० जनाको भेन्टिलेटरमा उपचार भैरहेको र देशैभरी १ सय ६४ जना आईसीयुमा उपचाररत रहेको बताउनुभएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६९ जना संक्रमणमुक्त भएका छन् । देशका बिभिन्न आईशोलेसनबाट आज एकदिनमा १ सय ६९ जना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।
शुक्रवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशैभरी आज सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको जानकारी दिनुभयो ।
जस्मा संस्थागत आईशोलेशनमा रहने संक्रमितको संख्या ९ हजार ५ सय ७३ छ भने होम आईशोलेशनमा रहनेको संख्या ६ हजार ४ सय ४६ भएको बताउनुभएको छ ।
आज देशैभर क्वारेन्टिनमा बस्नेको संख्या ८ हजार ९ सय ३९ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेको छ ।
आज शुक्रबार मृत्यु पुष्टि हुनेमा ४ महिला र ८ पुरुष छन् ।
मोरङका ५६ र ६५ बर्षका २ जना, भक्तपुरका ६४ बर्षकी र मकवानपुरकी ७१ बर्षका एक–एक जना महिलाको मृत्यु भएको छ ।
यस्तै, उदयपुरका ५२ बर्षका, पर्साका ७२ बर्षका, धनुषाका ४५ बर्षका, सिराहाका ५५ बर्षका, झापाका ८३ बर्षका, चितवनका ५१ बर्षका, कास्कीका ५२ बर्षका र रुपन्देहीका ६० बर्षका गरी ८ जना पुरुषको कोभिडका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।
अघिल्लो दिनको अपडेट समाचार

admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment