Thursday, August 27, 2020


खगेन्द्र पराजुली, 
११ भदौ, नवलपुर  ।

बिहीबार पछिल्लो  २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशैभरबाट आज एकैदिन१ हजार १ सय ११ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ स्वाव नमूनाको पिसीआर परिक्षण भएको जानकारी दिनुभयो । 
हालसम्म कोभिड १९ परीक्षण गर्ने क्रममा पिसीआर बिधि अनुसार ६ लाख ४७ हजार ८ सय ८१ नमूना परिक्षण भएको जानकारी गराउनुभएको छ । 
डा. गौतमले प्रदेश १ मा २ जना र बाग्मतीमा १५ गरी १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको र देशैभरी १ सय ४७ जना आईसीयुमा उपचाररत रहेको बताउनुभएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् । देशका बिभिन्न आईशोलेसनबाट एकदिनमा ५ सय ६९ जना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या २० हजार ७३ पुगेको छ । 
बिहीवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशैभरी आज सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको जानकारी दिनुभयो । 
जस्मा संस्थागत आईशोलेशनमा रहने संक्रमितको संख्या ९ हजार ६३ छ भने होम आईशोलेशनमा रहनेको संख्या ६ हजार २ सय १० भएको बताउनुभएको छ ।
आज देशैभर क्वारेन्टिनमा बस्नेको संख्या ९ हजार ४ सय ८८ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ८ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ८३ पुगेको छ । 

आज बिहीबार मृत्यु पुष्टि हुनेमा ५ महिला र ३ पुरुष छन् । 


ललितपुरकी ६५, बाराकी २३, कास्कीकी ३२, रुपन्देही र बाँकेका ७० बर्षकी २ महिला गरी ५ जना महिला र काठमाण्डौका ४८, पर्साका ६२ र कपिलबस्तुका ५० बर्षका ३ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । 


अघिल्लो दिनको अपडेट समाचार

एकैदिन थपिए ८ सय ८५ नयाँ संक्रमित, ११ जनाको मृत्यु पुष्टि


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *