खगेन्द्र पराजुली,
१० भदौ, नवलपुर ।
बुधबार पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशैभरबाट आज एकैदिन ८ सय ८५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ स्वाव नमूनाको पिसीआर परिक्षण भएको जानकारी दिनुभयो ।
हालसम्म कोभिड १९ परीक्षण गर्ने क्रममा पिसीआर बिधि अनुसार ६ लाख ३५ हजार २ सय ५२ नमूना परिक्षण भएको जानकारी गराउनुभएको छ ।
डा. गौतमले प्रदेश १ मा १ जना र बाग्मतीमा १३ गरी १४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको र देशैभरी १ सय ५१ जना आईसीयुमा उपचाररत रहेको बताउनुभएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८५ जना संक्रमणमुक्त भएका छन् । देशका बिभिन्न आईशोलेसनबाट एकदिनमा ३ सय ८५ जना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशैभरी आज सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ३९ रहेको जानकारी दिनुभयो ।
जस्मा संस्थागत आईशोलेशनमा रहने संक्रमितको संख्या ८ हजार ७ सय ११ छ भने होम आईशोलेशनमा रहनेको संख्या ६ हजार २८ भएको बताउनुभएको छ ।
आज देशैभर क्वारेन्टिनमा बस्नेको संख्या ९ हजार ८ सय ३२ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगेको छ ।
आज बुधबार मृत्यु पुष्टि हुनेमा २ महिला र ९ पुरुष छन् ।
मोरङका ४६ बर्ष र भक्तपुरका ४३ बर्षका २ जना महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
यस्तै, कैलालीका ४५ र ५० बर्षका २ जना, महोत्तरीका ६०, ७२ र ७५ बर्षका ३ जना, बाराका ४१ र ४६ बर्षका २ जना, बाँकेका ३७ बर्षका र काठमाण्डौका ५१ बर्षका १–१ जना गरी ९ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले आज बुधबार पुष्टि गरेको छ ।
अघिल्लो दिनको अपडेट समाचार
अघिल्लो दिनको अपडेट समाचार
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment