खगेन्द्र पराजुली,
९ भदौ, नवलपुर ।
मंगलवार पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशैभरबाट आज एकैदिन ८ सय ५५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाव नमूनाको पिसीआर परिक्षण भएको जानकारी दिनुभयो ।
हालसम्म कोभिड १९ परीक्षण गर्ने क्रममा पिसीआर बिधि अनुसार ६ लाख २१ हजार ९ सय १ नमूना परिक्षण भएको जानकारी गराउनुभएको छ ।
डा. गौतमले १५ जनाको बाग्मतीका बिभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार भैरहेको बताउनुभएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १३ जना संक्रमणमुक्त भएका छन् । देशका बिभिन्न आईशोलेसनबाट एकदिनमा ३ सय १३ जना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।
मंगलवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशैभरी आज सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५० रहेको जानकारी दिनुभयो ।
जस्मा संस्थागत आईशोलेशनमा रहने संक्रमितको संख्या ८ हजार ५ सय ८१ छ भने होम आईशोलेशनमा रहनेको संख्या ५ हजार ६ सय ६९ भएको बताउनुभएको छ ।
आज देशैभर क्वारेन्टिनमा बस्नेको संख्या १० हजार ४ सय ५३ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ६४ पुगेको छ ।
आज मंगलवार काठमाण्डौकी ७१ बर्षकी बृद्धा महिला सहित ६ जना पुरुषको निधन भएको पुष्टि भएको छ । काठमाण्डौकै ७४ र ७६ बर्षका २ जना, सिराहाका २२ बर्षे युवक, पर्साका ६८ वर्षका, धनुषाका ७६ बर्षका र रुपन्देहीका ५३ बर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
अघिल्लो दिनको अपडेट समाचार
अघिल्लो दिनको अपडेट समाचार
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment