खगेन्द्र पराजुली,
८ भदौ, नवलपुर ।
नेपालमा अहिले २४ घण्टासम्ममा ७ सय ४३ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशैभरबाट आज एकैदिन ७ सय ४३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले आज सोमवारको नियमति प्रेस बक्तब्यमा सरकारी आधिकारीक अद्यावधिक बिवरण प्रस्तुत गर्ने क्रममा सोमवार सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको जानकारी दिनुभयो ।
जस्मा संस्थागत आईशोलेशनमा रहने संक्रमितको संख्या रहेको ९ हजार १ सय ५४ छ भने होम आईशोलेशनमा ४ हजार ५ सय ६१ भएको बताउनुभएको छ ।
डा. गौतमले २४ घण्टाको अवधिमा १ सय ७५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको बताउनुभएको छ । योसँगै निको हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ ।
आज देशभरका आईसीयुमा १ सय ३८ जना उपचाररत रहेका छन् भने बाग्मतीमा मात्रै १५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
२४ घण्टामा नेपालमा थप ८ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बक्तब्यमार्फत जानकारी गराउनुभएको छ । यो सहित नेपालमा ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको छ ।
आज सुनसरीका ६८ बर्षका पुरुष, पर्साका ७० बर्षकी महिला, काठमाण्डौका ४८ बर्षकी महिला रुपन्देहीका ६७ बर्षका महिला र रुपन्देहीकै ३८, ४३ र ५४ बर्षका ३ जना पुरुष सहित देशैभर ३ जना महिला र ५ जना पुरुषको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ ।
अघिल्लो दिनको अपडेट समाचार
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment