Monday, August 24, 2020


खगेन्द्र पराजुली, 
८ भदौ, नवलपुर । 

आज सोमवार नवलपुरका ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमितको कुल संख्या ३ सय ९६ पुगेको छ । 

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार भरतपुर प्रयोगशालामा भएको परिक्षणमा गैंडाकोटका २ जना र कावासोतीका १ जना गरी ३ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमण पुष्टि हुनेहरुमा गैंडाकोट २ का ४२ बर्षका १ पुरुष र ३८ बर्षकी १ महिला तथा कावासोती १४ की २२ बर्षकी एक महिला छन् । 

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैंडाकोटका संक्रमित मेडिकल कलेजमा उपचाररत बिरामीका कुरुवा (आफन्त) भएको जनाईएको छ भने कावासोतीका संक्रमितको बारेमा बुझ्ने काम भैरहेको स्वास्थ्य प्रमुख चापागाईले बताउनुभयो । 

यसअघि २०७७ भदौ ७ गते आईतवार संक्रमण पुष्टि भएको समाचारका लागी तलको शिर्षकमा क्लिक गरेर वा टच गरेर पढ्नुहोला । 
बिनयी त्रिबेणीको दुम्किबासका ६ जनामा कोभिड १९ पुष्टि

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *