Sunday, August 23, 2020


खगेन्द्र पराजुली, 
७ भदौ, नवलपुर । 

नवलपुरको बिनयी त्रिबेणीका थप ६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आज आईतवार प्राप्त नतिजा अनुसार एक जना बालक, ३ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ । 

संक्रमण पुष्टि हुनेमा ९ बर्षका बालक, २८, ३६ र ४९ बर्षका महिला र ४३ र ६५ बर्षका पुरुष रहेका छन् ।

पोखरा प्रयोगशालामा  भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । गएराती बिनयी त्रिबेणीकै एक बृद्धामा भरतपुर प्रयोगशालामा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । 

योसँगै नवलपुरमा संक्रमित पुष्टि हुनेको संख्या ३ सय ९३ पुगेको छ । 

बिनयी त्रिबेणीमा मात्रै समुदायस्तरमा संक्रमितको संख्या ३० पुगेको छ । 

यसअघिको अपडेट समाचार  
रुघाखोकी र ज्वरोको लक्षणसहितकी बिनयीत्रिबेणीकी ७५ बर्षकी बृद्धामा कोरोना पुष्टि

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *