Sunday, August 23, 2020


खगेन्द्र पराजुली, 
७ भदौ, नवलपुर । 

नवलपुरको बिनयी त्रिबेणीका १ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । हिजो शनिवार राती प्राप्त नतिजा अनुसार बिनयी त्रिबेणी ६ की ७५ बर्षकी एक जना बृद्धा महिलामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशवप्रसाद चापागाईका अनुसार रुघाखोकी र ज्वरो आएर भरतपुरस्थित मेडिकल कलेजमा भर्ना भएकी ती बृद्धाको स्वावमा कोभिड संक्रमण पुष्टि भएको हो । 

हिजो शनिवार ती महिला सहित ४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाईएको छ । यसअघि शनिवार गैंडाकोटका एक जना ट्रक चालक र दुई जना अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । 

योसँगै नवलपुरका कुल संक्रमितको संख्या ३ सय ८७ पुगेको छ । 

यसअघिको अपडेट समाचार  



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *