Saturday, August 22, 2020


खगेन्द्र पराजुली, 
६ भदौ, नवलपुर । 

नवलपुरको गैंडाकोटका थप एक जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ सय ८६ पुगेको छ । 

सुर्खेतमा भएको स्वाव परिक्षणमा गैंडाकोटका एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ती ब्यक्ति अहिले नवलपुरको रजहरस्थित प्राकृतिक आईशोलेशनमा पुगेका छन् । 

स्वास्थ्य शाखा गैंडाकोटका प्रमुख झलकराज पौडेलका अनुसार मालबाहक ट्रकका चालक समेत रहेका गैंडाकोट १२ का ४७ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । बिगत १५ दिनदेखि घर नआएका ती ब्यक्तिको सुर्खेतमा स्वाव संकलन हुँदा कोभिड पुष्टि भएपछि  गैंडाकोट १२ का वडाध्यक्षसँग आफ्नै जिल्लाको आईशोलेशनमा बस्न प्रबन्ध मिलाउन आग्रह गरेपछि ती संक्रमित आफै चलाउने ट्रकमै आई प्राकृतिक चिकित्सालयको आईशोलेशनमा राखिएको जनाईएको छ । 

ती ब्यक्तिको भदौ ३ गते संकलन भएको स्वावको परिक्षण रिपोर्ट हिजो ५ गते आएको जनाईएको छ । ती ब्यक्ति आज शनिवार आईशोलेशन आईपुगेका हुन् । 

शाखा प्रमुख पौडेलका अनुसार उनको निकट सम्पर्कमा रहेका ट्रकमा उनीसँगै हिड्ने गरेका २ जनालाई क्वारेन्टाईनमा राखिएको पनि बहाँले बताउनुभयो । 

यस्तै आज बिहान पुष्टि भएका गैंडाकोटका २ जना कोरोना पुष्टि भएका भरतपुरका २ वटा अस्पताल भरतपुर अस्पताल र सिएमसी अस्पतालका कर्मचारी भएको स्वास्थ्य शाखा गैंडाकोटले खोजपडतालपछि आफ्नो प्रतिबेदनमा उल्लेख गरेको छ । 

अहिलेसम्म गैंडाकोटमा कुल संक्रमितको संख्या ७० पुगेको छ । 

ती संक्रमितमध्ये ५८ जना संक्रमणमुक्त भई घर फर्किएका छन्  । गैंडाकोटका मात्रै १२ जना सक्रिय संक्रमित उपचाररत छन् । 
यसअघिको अपडेट समाचार  

नवलपुरका थप २ जनामा कोरोना पुष्टिः भरतपुरका २ वटा अस्पतालवाट भएको थियो स्वाव संकलन


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *