Sunday, August 23, 2020


खगेन्द्र पराजुली, 
७ भदौ, नवलपुर । 

नेपालमा अहिले २४ घण्टासम्ममा ८ सय १८ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशैभरबाट आज एकैदिन ८ सय १८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले आज आईतवारको नियमति प्रेस बक्तब्यमा सरकारी आधिकारीक अद्यावधिक बिवरण प्रस्तुत गर्ने क्रममा अहिलेसम्म देशैभरका बिभिन्न आईशोलेशनमा जम्मा सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको बताउनुभयो । 

यी सक्रिय संक्रमितमध्ये संस्थागत आईशोलेशनमा ९ हजार २ सय १२ जना र होम आईशोलेशनमा ३ हजार ९ सय ४३ जना रहेको जनाईएको छ । 
यस्तै, २४ घण्टाको अवधिमा २ सय ८१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको बिवरण प्रस्तुत गर्नुभयो । योसँगै निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।

आज देशभरका आईसीयुमा १ सय ३७ जना उपचाररत  रहेका छन् भने बाग्मतीमा मात्रै १० जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

२४ घण्टामा नेपालमा थप ३ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बक्तब्यमार्फत जानकारी गराउनुभएको छ । यो सहित नेपालमा ज्यान गुमाउनेको संख्या १ सय ४९ पुगेको छ ।

आज झापाका ५८ बर्षका पुरुष, पर्साका ५६ बर्षकी महिला र सर्लाहीका ३१ बर्षकी महिला गरी ३ जनाको निधन भएको पुष्टि भएको हो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *