Monday, August 24, 2020


खगेन्द्र पराजुली, 
८ भदौ, नवलपुर । 

प्राकृतिक आईशोलेशनमा उपचाररत ७ जना आज सोमवार संक्रमणमुक्त भएका छन् । पोखरा प्रयोगशालाबाट आज प्राप्त ७ जनाको नेगेटिभ रिपोर्ट अनुसार नवलपुरमा संक्रमणमुक्त हुनेको संख्या ३ सय ३७ पुगेको छ ।
शुक्रवार स्वाव संकलन गरी परीक्षणका लागी पठाईएका १० स्वाव नमूनामध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

प्राकृतिक चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलका अनुसार १० जनाको पुनः परिक्षणका लागी पठाईएका स्वाव नमूनामध्ये ७ जनाको नेगेटिभ आएको र ३ जनामा पुनः पोजेटिभ देखिएको छ । 
आज संक्रमणमुक्त भएको रिपोर्ट आएकासँगै प्राकृतिक आईशोलेशनबाट संक्रमणमुक्त हुनेको संख्या ३ सय २८ पुगेको छ । 

प्राकृतिक चिकित्सालयले स्याङजाका १ र तनहुँको देबघाटका १ जना गरी जिल्ला बाहिरका २ जनालाई निको बनाएर घर पठाएको छ । 

नवलपुरका संक्रमितमध्ये काठमाण्डौको शसस्त्र अस्पतालबाट १ जना डिस्चार्ज भएकी थिईन् भने अरु १० जना नवलपुरको जिल्ला अस्पताल मध्यबिन्दु जिल्ला अस्पताल र चितवन स्थित तत्कालीन भरतपुर अस्थायी कोभिड अस्पताल तथा भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *