Tuesday, August 25, 2020


खगेन्द्र पराजुली, 
९ भदौ, नवलपुर । 

पछिल्लो बिवरण अनुसार नवलपुरको बिनयी त्रिबेणीका २ जना र गैंडाकोटका १ जना गरी ३ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या ३ सय ९९ पुगेको छ । 

हिजो सोमवार संक्रमण पुष्टि भएका बिनयी त्रिबेणी वडा नं. १ का ६ बर्षकी बालिका र २८ बर्षका युवकमा संक्रमण पुष्टि भएको थियो भने गैंडाकोट वडा नं. २ की ५२ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । 

बिनयी त्रिबेणीका २ जनाको पोखरा प्रयोगशाला र गैंडाकोटकी महिलाको भरतपुर प्रयोगशालामा भएको परिक्षणमा कोभिड १९ संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य शाखा बिनयी त्रिबेणीका प्रमुख ध्रुव काफ्लेका अनुसार ६ बर्षकी बालिकाका घर परिवारका हजुरबा, बा–आमा र दाईलाई संक्रमण पुष्टि भईसकेको थियो जसमध्ये ती बालिकाका वुवा संक्रमणमुक्त भई घर फर्किएका छन् । 

अर्का २८ बर्षका पुरुष गत फागुनदेखि घरमै बस्दै आएका थिए यद्यपि ती पुरुष फागुनमै कुवेतबाट आएका हुन् । 

शाखा प्रमुख काफ्लेका अनुसार यसअघि बारा कलैया घर भई सीजी सिमेन्ट कारखानाका एक कर्मचरीमा संक्रमण पुष्टि भएपछि ट्रेसिङका आधारमा गरिएको परिक्षणमा उनी भाडामा बस्ने घरको १–२ सय मिटर वरिपरिको सेरोफेरोका स्थानीयमा संक्रमण पुष्टि भएको छ । 

यस्तै, घरमै बस्दै आएकी गैंडाकोटकी ५२ बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार गैंडाकोटको वडा नं. १ मा समुदायस्तरका मानिसमा संक्रमण पुष्टि हुने दर बढ्दै जाँदा ती महिलाका छिमेकीमा समेत कोभिड पुष्टि भएपछि भरतपुरमा स्वाव संकलन गरी परिक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको हो । 

नवलपुरका ३ सय ९९ संक्रमितमध्ये ३ सय ३८ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । 

यसअघिको पछिल्लो नवलपुरको कोरोनाको स्थितिको समाचार तलको लिंकमा छ । 

कावासोती र गैंडाकोटका ३ जनामा संक्रमण पुष्टि


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *