खगेन्द्र पराजुली,
९ भदौ, नवलपुर ।
नवलपुरका ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
भरतपुरस्थित मेडिकल कलेजको प्रयोगशालामा भएको परीक्षणमा नवलपुरका गैंडाकोट, कावासोती र बिनयीत्रिबेणीका एक–एक जना गरी ३ जनामा संक्रमण पुष्टि भएको हो ।
आफ्नै खर्चमा कोभिड १९ परीक्षण गर्न चाहनेहरुले गराएको परीक्षणमा गैंडाकोट १ का २४ बर्षकी, कावासोती १३ का ६५ बर्षकी र बिनयीत्रिबेणी ६ का २३ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो ।
थप नयाँ ३ जना संक्रमित थपिएसँगै नवलपुरको कुल संक्रमतिको संख्या ४ सय २ पुगेको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले अस्पतालबाट संक्रमितको बारेमा लिखित बिवरण सहितको प्रतिवेदन प्राप्त नभईसकेको बताउनुभयो ।
वहाँले नवलपुरका ३ जनामा संक्रमण देखिएको मौखिक जवाफ आएको बताउँदै अस्पतालले लिखित प्रतिवेदन सरकारी प्रयोगशाला र स्वास्थ्य कार्यालय चितवनलाई पठाएपछि चितवनले नवलपुरसँग समन्वय गरेपछि संक्रमितका बारेमा थप जानकारी प्रष्ट आउने बताउनुभएको छ ।
यसअघिको पछिल्लो नवलपुरको कोरोनाको स्थितिको समाचार तलको लिंकमा छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment