खगेन्द्र पराजुली,
९ भदौ, नवलपुर
आज मंगलवार भरतपुरस्थित मेडिकल कलेजको प्रयोगशालामा भएको परीक्षणमा कोभिड १९ संकमण पुष्टि भएका ३ जनामध्ये १ जना सीएमसी कै कर्मचारी, एक जना बिरामी र एक जना बिरामीका कुरुवा भएको खुलेको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार गैंडाकोट १ का २४ बर्षकी महिला अस्पतालकै कर्मचारी, कावासोती ३ का ६५ बर्षकी महिला बिरामी र बिनयीत्रिबेणी ६ का २३ बर्षकी महिला बिरामीको कुरुवा भएको जनाईएको छ ।
यसअघि सिएमसीले सार्वजनिक गरेको बिवरणमा कावासोती १३ कि भनिएकी ती महिला कावासोती ३ की भएको स्वास्थ्य शाखा कावासोतीले पुष्टि गर्दै बिज्ञप्ति सार्वजनिक गरेको छ ।
कावासोती ३ की ती महिला मुटुको बिरामी भएको तर कोभिडको कुनै लक्षण नभएको कावासोती स्वास्थ्य शाखाले जनाएको छ । ती महिलाको हिजो नै मुटुको अप्रेशन भएको जनाईएको छ ।
कावासोती ३ की ती महिला मुटुको बिरामी भएको तर कोभिडको कुनै लक्षण नभएको कावासोती स्वास्थ्य शाखाले जनाएको छ । ती महिलाको हिजो नै मुटुको अप्रेशन भएको जनाईएको छ ।
यस्तै, कावासोती १३ का वडाध्यक्ष बिनोद रानामगरले समेत १३ नं. वडाका कुनै पनि ब्यक्तिमा आज संक्रमण पुष्टि नभएकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
वहाँले वडा नं. १३ को महिलामा संक्रमण पुष्टि भएको बिवरण अस्पतालले सार्वजनिक गरेलगत्तै खोजपडताल गर्दा ती महिला वडा नं. ३ की भएको र सिएमसीमै उपचाररत रहेको जानकारी दिनुभएको छ ।
यससँग सम्वन्धित अघिल्लो समाचार तलको शिर्षक लिंकमा
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment