Wednesday, August 26, 2020


खगेन्द्र पराजुली, 
१० भदौ, नवलपुर ।

नवलपुरका ९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै यहाँ संक्रमित हुनेको कुल संख्या ४ सय ११ पुगेको छ । भरतपुरस्थित पुरानो मेडिकल कलेज र पोखरास्थित प्रदेश क्षयरोग केन्द्रमा भएको परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । 

भरतपुरमा भएको परिक्षणमा २ जना महिला स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । सिएमसीमै कार्यरत कावासोती ३ की २३ बर्षकी र देबचुली १० की २४ बर्षका एक जना गरी २ जना स्वास्थ्यकर्मीमा कोभिड १९ संक्रमण देखिएको सम्वन्धित पालिकाका स्वास्थ्य शाखाले जनाएको छ । 

यस्तै, पोखरामा भएको परिक्षणमा गैंडाकोटका ३ जना र कावासोतीका ४ जनामा संक्रमण पुष्टि भएको छ । 
गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार वडा नं. १३ का २४ र ३० बर्षका पुरुष र वडा नं. १ की ४० बर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका दुबै जना पुरुष सुनौली नाका हुदै भारतवाट आएर मुकुन्दपुर कभर्ड हलको क्वारेन्टाईनमा बसेका हुन् भने वडा नं. १ की महिला कुनै ट्राभल हिस्ट्री नभएकी समुदायस्तरकै स्थानीय हुन् ।

यस्तै कावासोतीका ४ जनामध्ये २ जना मध्यबिन्दु जिल्ला अस्पतालका कर्मचारी भएको अस्पतालका कोरोना फोकल पर्सन डा. पुस्कर पौडेलले जानकारी दिनुभएको छ । कावासोती १४ का ४१ बर्षकी महिला र कावासोेती १६ का २८ बर्षका पुरुष जिल्लम अस्पतालका कर्मचारी हुन् । यस्तै, कावासोती ८ का बर्ष ४७ र कावासोती १६ का बर्ष ३३ का समुदायस्तरकै मानिसमा संक्रमण पुष्टि भएको छ । 

कावासोती ८ का पुरुष नेपाली कांग्रेसका जिल्लास्तरका नेता हुन् । 
यसअघिको पछिल्लो नवलपुरको कोरोनाको स्थितिको समाचार तलको लिंकमा छ । 

नवलपुरका थप ३ जनामा संक्रमण, संक्रमित ४ सय २ पुगे


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *