खगेन्द्र पराजुली,
११ भदौ, नवलपुर ।
नवलपुरका थप ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै नवलपुरमा कुल संक्रमितको संख्या ४ सय १४ पुगेको छ भने अहिलेसम्म समुदायस्तरमा संक्रमण फेला नपरेको मध्यबिन्दुमा एकैदिन २ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो बिवरण अनुसार नयँ संक्रमण पुष्टि भएका तीनै जना ट्राभल हिस्ट्री नभएका समुदायस्तरकै भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
स्वास्थ्य प्रमुख केशवप्रसाद चापागाईका अनुसार भरतपुरस्थित पुरानो मेडिकल कलेजको कोभिड १९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा मध्यबिन्दु १० अरुणखोलाका ४० र ५० बर्षका र गैंडाकोट ५ का ३५ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
ज्वरो आएर उपचारका लागी गएका उनीहरुमा पिसीआर परीक्षण गर्दा कोभिड १९ संक्रमण देखिएको जनाईएको छ ।
यसअघिको पछिल्लो नवलपुरको कोरोनाको स्थितिको समाचार तलको लिंकमा छ ।
यसअघिको पछिल्लो नवलपुरको कोरोनाको स्थितिको समाचार तलको लिंकमा छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment