खगेन्द्र पराजुली,
११ भदौ, नवलपुर ।
पछिल्लो बिवरण अनुसार नवलपुरमा फेरी १३ जना नयाँ संक्रमित थपिएका छन् । आज बिहीवार पोखरा स्थित क्षेत्रिय क्षयरोग उपचार केन्द्रमा भएको परिक्षणमा गैंडाकोट र कावासोतीका १३ जनामा संक्रमण पुष्टि भएको हो ।
पोखराबाट प्राप्त रिपोर्टमा पुष्टि भएका आज बिहीवारका सबै संक्रमित यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक टेसिका भएको जनाईएको छ ।
आज गैंडाकोटका १० जना र कावासोतीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
गैंडाकोटका १ जना ३ बर्षका बालक, ६ जना महिला र ३ जना पुरुष संक्रमित भएका छन् ।
जसमा गैंडाकोट वडा नं. २ का ४५, ५६ र ६२ बर्षका पुरुष संक्रमित भएका हुन् भने ५१ र २९ बर्षका महिलामा कोभिड १९ भाईरस संक्रमण देखिएको हो ।
यस्तै, गैंडाकोट वडा नं. ७ का ३ बर्षका बालक सहित ५० बर्षीया २ जना र २९, २५ बर्षका एकएक जना गरी ४ जना महिलामा संक्रमण देखिएको छ ।
कावासोती वडा नं. २ का ४५ र ४८ बर्षका २ जना पुरुष र ३३ बर्षकी महिलामा संक्रमण पुष्टि भएको छ ।
थप १३ जना संक्रमित थपिएसँगै नवलपुरमा कुल संक्रमितको संख्या ४ सय २७ पुगेको छ । यसअघि आजै भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसअघिको पछिल्लो नवलपुरको कोरोनाको स्थितिको समाचार तलको लिंकमा छ ।
यसअघिको पछिल्लो नवलपुरको कोरोनाको स्थितिको समाचार तलको लिंकमा छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment