देबभूमी खवर—
११ भदौ नवलपुर ।
कोरोना भाईरसको संक्रमित भईहाले आफु भित्रको सकारात्मक सोचको विकास गर्न सकेमा त्यसलाई सजिलै परास्त गर्न सकिने नवलपुरकी १४ वर्षिया कोरोना सक्रंमित किशोरी गरिमा पोख्रेलले बताउनुभयो ।
आज जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकाका किशोरीहरुसँगको भर्चुअल अन्तरक्रियामा आफ्नो अनुभव बाड्ने क्रममा पोख्रेलले यस्तो बिचार ब्यक्त गर्नुभएको हो ।
आफ्नो अनुभव सुनाउँदै वहाँले शुरुमा कोरोना पोजेटिभ देखिएपछि आफुमा पनि एकदमै डर लागेको र केही समस्याहरु हुन्छ कि भन्ने लागेको बताउनुभयो ।
त्यसपछि भने मनमा साहस राखेर सकरात्मक भावनाको विकास गराउँदै लैजान थालेपछि आफुमा आत्मवल बढेको अनुभव समेत किशोरीमाझ बताउनुभएको हो ।
वहाँले संक्रमणबाट आफु बच्न र अरुलाई बचाउनु अहिलेका चुनौती भएकाले पनि स्वास्थय सुरक्षाका मापदण्ड पालना गर्न आ–आफ्नो ठाउँवाट ध्यान दिन आग्रह गर्नुभएको छ ।
यसैक्रममा वहाँले यसबाट आफु जोगिने उत्तम उपाय आफु सुरक्षित हुनु नै भएकाले संक्रमण देखिहालेमा आफ्नो स्वास्थ्यको हेरचाह गर्ने र साहस राख्दै सकरात्मक भावनाको विकास गर्नु नै पहिलो उपचार भएको बताउनुभयो ।
भदौ २ गते काभिड पोजेटिभ पुष्टि भएपश्चात हाल उहाँ अस्थायी कोरोना अस्पताल रजहर प्राकृतिक चिकित्सालयको आईशोलेशनमाउपचाररत हुनुहुन्छ ।
आईशोलेनबाटै प्रत्यक्ष संवादमा जोडिदै वहाँले प्राकृतिक आईसोलेसन किशोरीमैत्री र बालमैत्री समेत रहेको बताउनुभएको छ ।
यहाँ प्राकृतिक विधीबाट उपचारहरु र नियमित रुपमा खेलकुद, ध्यान, मेडीटेशनको समेत व्यवस्था भएकोले मानसीक रुपमा केही समस्या नपरेको समेत बताउनुभयो ।
त्यस्तै सोही कार्यक्रममा कोरोना सक्रंमित पत्रकार रमेश बस्ताकोटीले यो कोरोना सवैलाई हुन सक्ने भएकोले सवैभन्दा महत्वपूर्ण पक्ष भनेको नै सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात धुन आग्रह गर्नुभएको छ ।
वहाँले सकेसम्म घरमा नै बसेर आफ्ना काम गर्ने बाहिर निस्कनै परे दुरी कायम गरेर मात्र बाहर निस्कने गर्ने हो भने महामारीबाट सजिलै जोगिन सकिने बस्ताकोटीले बताउनुभयो ।
वहाँले पछिल्लो समय सामाजिक रुपमा सक्रंमितलाई गरिएको दुरब्यवहार मानबीयताभित्र नपर्ने भन्दै त्यसो नगर्नको लागि किशोरीहरुले आफ्नो घरबाट नै यसको अभियानहरु सुरु गरी सोही अनुसार घरका सदस्यहरु र वरीपरि रहेकालाई सिकाउनको लागि विभिन्न अभियानहरु सुरु गर्न सके प्रभावकारी हुने बताउनुभयो ।
संक्रमित किशोरी गरिमा पोख्रेल रेडियो सामर्थ्यकी बाल कार्यक्रमकी प्रस्तोता हुनुहुन्छ भने पत्रकार बस्चाकोटी सत्यकलम अनलाईन र सत्यकलम साप्ताहिक पत्रिकाका प्रबन्ध निर्देशक हुनुहुन्छ ।
जागृति बाल तथा युवा सरोकार नेपालले कन्नालन स्विजरल्याण्ड अन्तर्गतका साथी शिक्षकहरुको क्षमता अभिबृद्धीको लागि भचुृअल संबाद गरेको थियो ।
कार्यक्रममा ४५ जना किशोरीहरु, संस्थाका कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु र सरोकारवालाहरु गरी ५५ जनाको सहभागिता रहेको थियो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment