Friday, August 28, 2020


खगेन्द्र पराजुली, 
१२ भदौ, नवलपुर । 

नवलपुरका आज शुक्रवार थप ८ जनामा कोभिड १९ भाईरसको संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमण हुनेहरुको कुल संख्या ४ सय ३६ पुगेको छ । 
पोखरास्थित क्षेत्रिय क्षयरोग उपचार केन्द्रको कोभिड १९ परीक्षण प्रयोगशालामा भएको परिक्षणमा आज बिनयी त्रिबेणीका ६ जना र देबचुलीका २ जनामा संक्रमण पुष्टि भएको हो । 
कन्ट्याक ट्रेसिङका आधारमा संकलन गरिएको स्वाव नमूना परीक्षणका क्रममा बिनयी त्रिबेणी वडा नं. १ का ४ पुरुष र २ महिलामा संक्रमण देखिएको हो । 
वडा नं.१ का १७, ४०, ६७ र ६१ बर्षका महिला तथा ६२ र २० बर्षका पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । 
यस्तै देबचुली १५ का १ जना महिला र १६ का एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । 
देबचुलीका १५ की ५० बर्षीया महिला र १६ का ३ बर्षका युवकमा संक्रमण  देखिएको छ ।
यसअघि हिजो बिहीवार राती गैंडाकोट स्थायी घर भई पुरानो मेडिकल कलेजमा कार्यरत २९ बर्षका एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो । हिजो एकैदिन १७ जनामा संक्रमण पुष्टि भएको हो । 

यसअघिको नवलपुरको पछिल्लो कोरोना अपडेट तलको लिंकमा छ ।  

पोखराबाट प्राप्त रिपोर्टमा नवलपुरका १३ जनामा संक्रमण पुष्टि


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *