खगेन्द्र पराजुली
१२ भदौ, नवलपुर ।
आज एकैदिन नवलपुरका १२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो प्राप्त बिवरण अनुसार देबचुलीका १ जना, कावासोतीका २ जना र मध्यबिनदुका १ जना गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमण पुष्टि हुनेको कुल संख्या ४ सय ४० पुगेको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले उपलब्ध गराउनुभएको बिवरण अनुसार देबचुली वडा नं. १ की ५४ बर्षकी महिला, कावासोती १६ का २४ र ७० बर्षका महिला तथा मध्यबिन्दु १० का ३४ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
संक्रमित ४ जना नै समुदाय कन्ट्याक ट्रेसिङका आधारमा भएको परिक्षणका रहेको जनाईएको छ । यसअघि आजै बिनयी त्रिबेणीका ६ जना र देबचुलीका २ जनामा संक्रमण पुष्टि भएको थियो ।
पोखरास्थित क्षेत्रिय क्षयरोग उपचार केन्द्रको कोभिड १९ परीक्षण प्रयोगशालामा भएको परिक्षणमा आज बिनयी त्रिबेणीका ६ जना र देबचुलीका २ जनामा संक्रमण पुष्टि भएको हो ।
कन्ट्याक ट्रेसिङका आधारमा संकलन गरिएको स्वाव नमूना परीक्षणका क्रममा बिनयी त्रिबेणी वडा नं. १ का ४ पुरुष र २ महिलामा संक्रमण देखिएको हो ।
वडा नं.१ का १७, ४०, ६७ र ६१ बर्षका महिला तथा ६२ र २० बर्षका पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै देबचुली नगरपालिका वडा नं. १५ की ५० बर्षीया महिला र वडा नं. १६ का ३० बर्षका युवकमा संक्रमण देखिएको छ ।
यसअघि हिजो बिहीवार राती गैंडाकोट स्थायी घर भई पुरानो मेडिकल कलेजमा कार्यरत २९ बर्षका एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो । हिजो एकैदिन १७ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघिको नवलपुरको पछिल्लो कोरोना अपडेट तलको लिंकमा छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment