खगेन्द्र पराजुली,
१३ भदौ, नवलपुर ।
कोभिड १९ का कारण नवलपुरका १ जना बिरामीको मृत्यु भएको छ ।
भरतपुरको नयाँ मेडिकल कलेज सीएमसीमा उपचाररत बिनयी त्रिबेणी वडा नं. ६ का ६२ बर्षका पुरुषको मृत्यु भएको हो ।
बिनयी त्रिबेणी स्वास्थ्य शाखा स्रोतका अनुसार ज्वरो र रुघाखोकीको लक्षण समेत देखिएका ती पुरुषको भदौ २ गते स्वाव संकलन भएको थियो । त्यसपछि उनी चौपत्तामा रहेको शहिद स्मृति अस्पतालमा उपचारका लागी गएका थिए ।
चौपत्ताको उक्त अस्पतालले ४ गते सीएमसीमा रेफर गरेको थियो ।
४ गते सीएमसीमा उपचारका लागी पुगेका ती पुरुषमा ५ गते पोखराबाट प्राप्त रिपोर्टमा कोभिड १९ संक्रमण पोजेटिभ आएको पुष्टि भयो । कोभिड पुष्टि भए लगत्तै अस्पतालमा जानकारी गराएपछि उनको आईसीयुमा उपचार भैरहेको थियो ।
आज शनिवार साँझ उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले स्वास्थ्य कार्यालय नवलपुरलाई जानकारी गराएपश्चात् थप प्रकृयागत कार्य भईरहेको नवलपुर स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको छ ।
नवलपुरमा अहिलेसम्म ४ सय ६३ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय ३८ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या १ छ । अव संक्रिय संक्रमित १ सय २४ जना उपचाररत छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment