Sunday, August 30, 2020


खगेन्द्र पराजुली, 
१४ भदौ, नवलपुर । 

नवलपुरको मध्यबिन्दुकी एक किशोरीमा कोभिड संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय २६ पुगेको छ । आज बिहान स्वास्थ्य कार्यालय नवलपुरलाई प्राप्त विवरण अनुसार मध्यबिन्दु ४ स्थायी घर भएकी २१ बर्षकी किशोरीमा संक्रमण पुष्टि भएको हो । 
ती किशोरी पुरानो मेडिकल कलेज भरतपुरमा कार्यरत स्वास्थ्यकर्मी भएको र उनी सोही अस्पतालको आईशोलेशनमा रहेको स्वास्थय कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको छ । 
हिजो शनिवार एकैदिन पोखराबाट प्राप्त परीक्षणको रिपोर्ट अनुसार नवलपुरको बिनयी त्रिबेणीको वडा नं. ६ र ७ का १९ जना, पुरानो मेडिकल कलेजमा भएको परिक्षणमा नवलपुरका ५ जनामा संक्रमण पुष्टि भएको थियो । 
अहिलेसम्म नवलपुरमा संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ४ सय ६५ पुगेको छ भने यहाँका ३ सय ३८ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । नवलपुरमा कोभिड १९ संक्रमित एक पुरुषको निधन भएको छ ।  


यसअघिको नवलपुरको पछिल्लो कोरोना अपडेट तलको लिंकमा छ ।  

देबचुलीका १ महिला सहित थप ४ जनामा संक्रमण पुष्टि, नवलपुरमा संक्रमित संख्या ४४० पुग्यो


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *