Sunday, August 30, 2020


देबभूमी खवर—
१४ भदौ, नवलपुर । 

ताईवानमा सम्पन्न भएको एसियन किशोरी पावर क्याम्पमा नेपालबाट सहभागी  भएका किशोरीहरुले द्धितिय र तृतिय स्थान हासिल गरेका छन् ।
अगष्ट २८ र २९ (शुक्रवार–शनिवार) गरी २ दिन सम्म अनलाईन जुम मार्फत सञ्चालन भएको उक्त कार्यक्रममा ८ देशका ७० भन्दा बढी किशोरीहरुको सहभागिता रहेकोमा नेपालबाट १४ जना किशोरीहरुले सहभागिता जनाएका थिए । 
भर्चुअल कार्यक्रममा फरक फरक विषयमा २ दिनसम्म छलफल गरि त्यहाँबाट सिकेका कुराहरुको बारेमा र किशोरीहरुले आफ्नो देशमा भोगेका समस्याहरुको बारेमा समुहगत प्रस्तुतीकरण गरेका थिए । 
ती समस्याहरुको समाधानको लागि गर्न सकने कार्यको बारेमा समेत प्रस्तुतीकरण भएको कार्यक्रममा सहभागी किशोरी अभियन्ता निरुता खत्रीले बताउनुभयो । 
एसियामा किशोरीहरुको अवस्था र उनीहरुले भोग्ने गरेका समस्याहरुको बारेमा छलफल गरी त्यसको समाधानको लागि यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष ताईवनामा गार्डेन अप होप फाउण्डेशनले आयोजना गर्ने गरेकोमा हाल कोभीडको कारणले गर्दा अनलाईनबाट सञ्चालन भएको हो । 
नेपालमा जस्तै अन्य देशहरुमा पनि किशोरीमाथी हुने हिसा, दुव्र्यवहार र शोषणहरु  हुने जानकारी समेत सहभागिहरुले बताएका थिए । सहभागीले यो समस्या सबै देशको साझा समस्या भएकाले सरोकारवाला निकायहरुले आवाज उठाउनुपर्ने कार्यक्रमकी अर्की सहभागी आशा वि.कले बताउनुभयो ।  
अव विजेता समुहले सेप्टेम्बर १ मा हुने अन्तरर्वातामा सहभागिता हुने र सो अन्तरर्वातामा समेत छनौट भएमा किशोरीहरुको अधिकार संरक्षण र सम्बद्र्धनमा कार्य गर्नको लागि १५०० अमेरीकी डलर समेत पाउने आयोजकले बताएको छ । 
किशोरीहरुलाई जागृति बाल तथा युवा सरोकार नेपालले नेपालबाट समन्वय र सहजिकरण गरी कार्यक्रममा सहभागिता गराएको अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *