Sunday, August 30, 2020




मुक्ती तिवारी 
१४ भदौ, नवलपरासी । 

इलाका प्रहरी कार्यालय सेमरीको गस्ती प्रहरी टोलीले भारततर्फ पैठारी हुन लागेको अबैध केराउ बरामद गरेको छ । 

गएराती पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका -३ बाउन्नगढी क्षेत्र बाट   भारत तर्फ लैजादै गरेको अवस्थामा ४० क्विन्टल अवैध केराउ बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख भिमसेन बिस्ट सहितको गस्ति टोलिले मध्रातको साढे १२ बजेतिरको समयमा केराउ नियन्त्रणमा लिएको भएपनि प्रहरीलाई देख्नासाथ तस्करहरु भने फरार भएको प्रहरीले जनाएको छ।

बरामद केराउ प्रचलित मुल्य अनुसार करिब ३ लाख ८० हजार रुपैंया बराबरको रहेको र आवस्यक कारबाहीको लागि केराउ आज आईतवार बिहान महेशपुर भन्सार पठाईएको प्रहरीले बताएको छ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *