Monday, August 31, 2020


खगेन्द्र पराजुली, 
१५ भदौ, नवलपुर । 

गैंडाकोटका एक पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । 
भरतपुुरमा भएको परिक्षणमा आज गैंडाकोट ५ का २८ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । 
गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार केही दिनअघिदेखी ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि उनी स्वास्थ्य चेकजाँचका लागी भरतपुरस्थित सीएमसी पुगेका थिए । 
अहिले ती पुरुष सीएमसीकै आईशोलेशनमा रहेको स्वास्थ्य शाखा गैंडाकोटले जनाएको छ । 
यस्तै, आज संक्रमण पुष्टि भएका भनिएका मध्यबिन्दु १० का ३४ बर्षका पुरुष भदौ १२ गते पोजेटिभ पुष्टि भई १३ गतेदेखि रजहरस्थित प्राकृतिक आईशोलेशनमा उपचाररत रहेको मध्यबिन्दु नगर स्वास्थ्य शाखा प्रमुख माधब पोख्रेलले स्पष्ट पार्नुभएको छ । 
स्वास्थ्य शाखा नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार मध्यबिन्दुका संक्रमितको विबरण दोहोरिएकाले आज अहिलेसम्म नवलपुरमा गैंडाकोटका १ पुरुष र देबचुली १० की एक महिला  गरी २ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।  नवलपुरको कुल संक्रमित संख्या ४ सय ६७ पुगेकोमा तीमध्ये ३ सय ४० जना संक्रमणमुक्त भएका छन् । १ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये १ सय २६ जना सक्रिय संक्रमित रहेका छन् । यद्यपि, हिजो भरतपुरबाट कोरोना नेगेटिभ पुष्टि भई संक्रमणमुक्त भएर डिस्चार्ज अस्पतालले डिस्चार्ज गर्ने तयारीमा भएको अवस्थामा बिनयी त्रिबेणी ६ की ७५ बर्षकी महिलाको अस्पतालमै मृत्यु भएको हो । 
पुरानो मेडिकल कलेज अस्पताल स्रोतलाई उधृत गर्दै स्वास्थ्य कार्यालय नवलपुर प्रमुख चापागाईले दिनुभएको जानकारी अनुसार ती महिलामा फोक्सोको समस्याका कारण  निमोनिया सहित स्वासप्रश्वासमा समेत बाधा परेको थियो । पुनः परिक्षणमा नेगेटिभ देखिएपछि कोरोनाका कारण मृत्यु भएको भन्न मिल्दैन नवलपुरमा कोरोनाका कारण मृत्यु भएको संख्या अहिलेसम्मको बिवरणमा १ नै हो । वहाँले भन्नुभयो । 

यसअघिको नवलपुरको पछिल्लो कोरोना अपडेट तलको लिंकमा छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *