Tuesday, May 19, 2020




देबभूमी खवर—
६ जेठ, नवलपुर । 

आज मंगलवार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमित हुनेको संख्या ४ सय २ पुगेको छ । जसमध्ये ३७ जनाले स्वास्थ्यलाभ गरेका छन् भने २ जनाले ज्यान गुमाउनुपरेको छ । 

आज संक्रमित पुष्टि हुनेमा झापाका ९ जना र सुनसरीका १ जना, मोरङका १ जना, सर्लाहीका २ जना, काठमाण्डौका ३ जना, भक्तपुरका १ जना, मकवानपुरका १ जना, रामेछापका १ जना, ललितपुरका १ जना, सिन्धुलीका १ जना, मोरङका १ जना, नवलपरासीका १ जना, लमजुङका १ जना र कपिलबस्तुका ४ जना छन् । 

आज संक्रमण पुष्टि हुने २७ मध्ये ३ जना महिला रहेको छन् । 

आजका संक्रमितहरु १७ बर्षदेखी ४२ बर्ष उमेर समूहका छन् । 

त्यस्तै आज कोशी अस्पतालबाट एकजनाले स्वास्थ्यलाभ गरी डिस्चार्ज पाएका छन् । 

योसँगै निको हुनेको संख्या ३७ पुगेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *