खगेन्द्र पराजुली,
३ भदौ, नवलपुर
नवलपुर जिल्ला अदालतले चोरीमा संलग्न कावासोतीका १ बालकलाई बाल सुधार गृह र २ जनालाई कारागार चलान गर्ने आदेश दिएको छ ।
साउन १२ गते कावासोती १० मगरकोटबाट मोटरसाईकल र असार २९ गते कावासोती १५ शेरगञ्जको मोवाईल पसलबाट मोवाईल र नगद चोरी गरेका शेरगञ्जकै ३ जनालाई प्रहरीले आदेश अनुसार कार्यबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार १७ बर्षका एक बालकलाई रुपन्देहीको भैरहवा वाल सुधार केन्द्र र २६ बर्षका शंकर महतो र १९ बर्षका उमेश महतोलाई पुर्पक्षका लागी परासी कारागार चलान गरिएको हो ।
उनीहरुले साउन १२ गते राती तारा बहादुर महतोको लु ३० प ५२५७ नं. को २२० सि.सि.को पल्सर मोटरसाईकल र असार २९ गते वडा नम्बर १५ शेरगन्जमा रहेको शुभकामना मोबाईल एण्ड ईलेक्ट्रोनिक पसलबाट बिभिन्न कम्पनिको ७ थान मोवाइल र नगद १५ हजार चोरेको अनुसन्धानका क्रममा खुलेको जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment