Wednesday, August 19, 2020


खगेन्द्र पराजुली, 
३ भदौ, नवलपुर । 

नवलपुरको बिनयी त्रिबेणी २ का एक जना पुरुष रहमा डुबेर बेपत्ता भएका छन् । हिजो मंगलबार दिउँसो ४० बर्षका पुरुष बेपत्ता भएका हुन् । 

बिनयी त्रिबेणी १ को बिनयी खोलाको जयकुटी रहमा डुबेर अर्जुन श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी कार्यालयका सुचना अधिकृत एवं प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार रहमा माछा मार्ने क्रममा अचानक डुब्दा ती ब्यक्ति हराएका हुन् । उनीसँगै उनका अन्य २ जना साथी समेत गएको भन्ने बुझिएको छ । ती एक् जनामात्रै रहमा हराएका छन् । बेपत्ता पुरुषको खोजी भईरहेको छ । अनुसन्धान पनि चलिरहेको छ । प्रहरी नायव उपरीक्षक खाँणले बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *