Wednesday, August 19, 2020


खगेन्द्र पराजुली, 
३ भदौ, नवलपुर । 

नवलपुरका थप ७ जनामा संक्रमया पुष्टि भएको पोखरा प्रयोगशालामा भएको परीक्षणमा आज बुधवार ७ जना थपिएका छन् । कावासोतीको कुमारी केन्द्रमा संकलित मध्येवाट ६ जनामा र हुप्सेकोट केन्द्रवाट संकलित स्वावमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो । 

नयाँ सक्रमित पुष्टि भएसँगै नवलपुरमा संक्रमितको कुल संख्या ३ सय ५८ पुगेको छ । 

संक्रमित पुष्टि हुनेमा कावासोती वडा नं. २ का ४९, २२, ५६ र २६ का ४ जना, वडा नं. ३ का ३८ र २२ बर्षका तथा हुप्सेकोट ३ का ४२ बर्षका स्थानीयमा संक्रमण पुष्टि भएको हो । 

यसअघि आज बिहान भरतपुर प्रयोगशालामा भएको परिक्षणमा नवलपुरका ५ जनामा संक्रमण पुष्टि भईसकेको थियो । 

योसँगै आज एकैदिन नवलपुरका १२ जना समुदायस्तरका मानिसमा संक्रमण पुष्टि भएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *