खगेन्द्र पराजुली,
४ भदौ, नवलपुर ।
नवलपुरमा आज विहीबार थप ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । योसँगै नवलपुरमा संक्रमण पुष्टि हुनेको कुल संख्या ३ सय ६१ पुगेको छ ।
पोखरा स्थित प्रयोगशालामा भएको परीक्षणमा यहाँका २ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार गैडाकोटको भदौ २ गते संकलित स्वाब मध्ये ३ जनामा पोजेटिभ देखिएको हो ।
गैडाकोट २ निवासी ३८ बर्षीया १ जना महिला र ६३ बर्षीय १ जना पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै गैडाकोट १३ का ५५ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।
गैंडाकोट स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलका अनुसार १ जना क्वारेन्टिनमा बसेका हुन् भने २ जना स्थानीयस्तरका समुदायका मानिसमा संक्रमण देखिएको छ ।
गैडाकोटमा बुधबार मात्र एक जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र दुई जना मजदुर गरी ४ जनामा समुदायबाट संक्रमण सरेको देखिएको थियो आज थपिएका ३ जना मध्ये गैडाकोट २ का दुई जना समुदायका हुन् भने गैडाकोट १३ का भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको गैडाकोट स्वास्थ्य शाखाले जनाएको छ ।
।
गैंडाकोट स्वास्थ्य शाखा प्रमुख पौडेलले गैंडाकोटमा समुदायकै संक्रमित पुष्टिका सन्दर्भमा ६ जना भेटिएको तथ्याङ्क आफुसँग रहेको बताउनुभएको छ । वहाँले भन्नुभयो– गैंडाकोटको समुदायस्तरमा संक्रमित भएको संद्यया अहिलेसम्म ६ जना भनेका छौं । यद्यपि यसअघि प्रहरी कर्मचारी ५ जना र हिजो मात्रै पनि चितवन कार्यरत गैंडाकोट ठेगाना भएका प्रहरीमै पनि संक्रमण पुष्टि भएकालाई गैंडाकोटको कुल संक्रमितको सूचीमा राखे पनि यो संख्यालाई अहिलेसम्म समुदायको बिवरणमा अध्यावधिक भने गरिएको छैन ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment