Friday, August 21, 2020


खगेन्द्र पराजुली, 
५ भदौ, नवलपुर ।

नवलपुरको कावासोती र गैंडाकोटका २ जना स्थानीयमा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । थप २ जना नयाँ संक्रमित थपिएसँगै नवलपुरमा संक्रमण पुष्टि भएको कुल संख्या ३ सय ६३ पुगेको छ । 
आज शुक्रवार बिहान भरतपुर प्रयोगशालावाट कावासोतीका १ जना र पोखरा प्रयोगशालाबाट गैंडाकोटका १ जनामा संक्रमण पुष्टि भएको पोजेटिभ रिपार्ट प्राप्त भएको स्वास्थय कार्यालय नवलपुरले जनाएको हो । 
स्वास्थ्य प्रमुख केशवप्रसाद चापागाईका अनुसार कावासोती १६ का ४० बर्षका पुरुषमा कोभिड १९ भाईरस भएको पुष्टि भएको हो । 
५–६ दिन अगाडीदेखी ज्वरो आएर मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार चलिरहेका ती पुरुषको स्वाव संकलन गरी परिक्षणका लागी पठाईएको थियो । उनकी श्रीमती समेतको स्वाव परीक्षण हुँदा उनको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थय प्रमुख चापागाईले बताउनुभएको छ । 
यस्तै, गैंडाकोटबाट २ गते संकलन गरी पठाईएको १ सय १३ वटा समुदायस्तरका नमूनामा हिजो पुष्टि भएका ३ जना बाहेक फेरी अर्का एक जनामा संक्रमण पुष्टि भएको हो । 
स्वास्थय शाखा प्रमुख झलकराज पौडेलका अनुसार गैंडाकोट वडा नं. २ का ३२ बर्षका पुरुषमा संक्रमण देखिएको छ । 
नवलपुरको पछिल्लो बिवरणअनुसार अहिलेसम्म ३ सय ३० जना संक्रमणमुक्त भएका छन् । आज बिहानसम्म जिल्लाभरका ३३ जना सक्रिय संक्रमित प्राकृतिक आईशोलेशन सहित भरतपुरको आईशोलेशनमा छन् । 
यस्तै, आज शुक्रवार रजहरको प्राकृतिक आईशोलेशनबाट १ महिला र ९ जना पुरुष गरी १० जनाको पुनः परिक्षणका लागी स्वाव संकलन गरिसकिएको चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले जानकारी गराउनुभएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *