Friday, August 21, 2020


खगेन्द्र पराजुली, 
५ भदौ, नवलपुर ।

नवलपुरको बिनयी त्रिबेणीमा समुदायस्तरमा एकैपटक आज एकैदिन १८ जनामा संक्रमण पुष्टि भएको छ । थप १८ जना नयाँ संक्रमित थपिएसँगै नवलपुरमा संक्रमण पुष्टि भएको कुल संख्या ३ सय ८१ पुगेको छ । 
बिनयी त्रिबेणीको दक्षिणतर्फ भारतसँग निकट सिमावर्ती २ वटा वडाका १३ पुरुष र ५ जना महिला गरी १८ जनामा संक्रमण पुष्टि भएको हो । 
यसअघि १ जना स्थानीय मासु पसल गर्ने महिला र एक जना अर्का समुदायकै पुरुषमा संक्रमण देखिएपछि उनीहरुको समेत कन्ट्याक ट्रेसिङका आधारमा संकलन गरी परिक्षणका लागी पोखरा पठाईएका स्वावमध्ये १८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 
प्रदेश क्षयरोग केन्द्र प्रयोगशालामा भएको परीक्षणमा बिनयी त्रिबेणीको वडा नं. ६ का १० जना पुरुष र ३ जना महिला तथा वडा नं. ७ का ३ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयद्वारा दिउँसो पौने १ बजे जारी बिज्ञप्तिमा उल्लेख छ । 
संक्रमितहरु २४ देखी ६२ बर्ष उमेर समुह भित्रका छन् ।
योसँगै बिनयी त्रिबेणीमा मात्रै समुदायस्तरका २३ जनामा संक्रमण पुष्टि भएको छ । 
आज यसअघि गैंडाकोटका १ र कावासोतीका एक जनामा पनि संक्रमण पुष्टि भएको थियो । 
नवलपुरमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३ सय ३० रहेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *