Friday, August 21, 2020


खगेन्द्र पराजुली, 
५ भदौ, नवलपुर । 

देबचुलीका २ जनामा संक्रमण पुष्टि भएको छ । यो सहित नवलपुरमा संक्रमण पुष्टि हुनेको संख्या ३ सय ८३ पुगेको छ । 

पछिल्लो प्राप्त बिवरण अनुसार देबचुली ७ का ४४ बर्षका र १७ का ४२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । 
स्वास्थ्य शाखा देबचुलीका अनुसार भारतवाट आई क्वारेन्टाईनमा बसेका १ जना र ओमनबाट आएका १ जनामा संक्रमण पुष्टि भएको हो । 

देबचुली ७ का ४४ बर्षका पुरुष भारतको धार्चुलावाट आई भीमसेन माबि क्वारेन्टाईनमा  बसेका र १७ का ओमनबाट आई होम क्वारेन्टाईनमा बसेकामा कोभिड १९ पुष्टि भएको हो । 

यहाँबाट संकलन गरेर पठाईएका १ सय ४ स्वाब नमूनामध्ये  २ स्वाव पोजेटिभ आएको हो ।यहाँका १ सय २ वटा स्वाव नमूना नेगेटिभ आएको  स्वास्थ्य शाखा देबचुली प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । 
यस्तै मध्यबिन्दु नगरपालिका क्षेत्रबाट संकलित १ सय ८ जनाको पिसीआर परीक्षण रिपोर्ट सबै नेगेटिभ आएको स्वास्थ्य शाखा मध्यबिन्दुले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *