Sunday, August 9, 2020


खगेन्द्र पराजुली, 
२५ साउन, नवलपुर । 

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले बैदेशक रोजगारीबाट कोभिडका कारण रोजगार गुमाएर फर्किएका युवालाई लक्षित अनुदान कार्यक्रम ल्याएको बताउनुभएको छ । 

आज आईतवार कावासोती ८ मा रहेको ग्लोबल करीयर ईन्सिच्युट ट्रेनिङ सेन्टरले कावासोतीको मध्यबिन्दु क्याम्पसमा आयोजना गरेको ३ दिने पशुपालन अनतर्गत बाख्रा पालन तालिमको उद्घाटनका क्रममा उपमेयर मर्दनियाले कोभिडका कारण रोजगारी गुमाएर आएका र आर्थिक अवस्थाका कारण आयआर्जनसँग जोडिन समेत कठिन भएकालाई आफ्नै ठाउँमा आत्मनिर्भर गराउने उदेश्यका साथ अनुदानको नीति लिईएको बताउनुभयो । 

वहाँले अनुदानको शिर्षकमा ५० लाख रुपैंयाको वजेट छुट्याएको समेत बताउनुभएको छ । 

यस्तै, वहाँले नगरपालिकाले कृषिका बिभिन्न क्षेत्रसँगै उन्नत जातका पशुपालनलाई प्रोत्साहन गर्ने नीति लिएकाले ब्यवसायिक रुपमा लाग्न चाहनेहरुका लागी नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा मध्यबिन्दु क्याम्पस प्रमुख मुक्तिराम पाण्डेले तालिम पश्चात सहभागीले आफुलाई सीपसँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो । 

३ दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक दामोदर बसेलले गर्नुभएको थियो भने सञ्चालन ईन्सिच्युटका सल्लाहकार होमनाथ जैसीले गर्नुभएको थियो । 

ग्लोवल करीयर ईन्सिच्युट ट्रेनिङ सेन्टरले युवा लक्षित स्वरोजगारसँग जोडिने खालका हस्तकला, होटल, रिसेप्सन, ईलेक्ट्रिक, ईलेक्ट्रोनिक सम्बन्धि तालिम सञ्चालन गर्दै आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउने उदेश्य रहेको जनाएको छ । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *