Tuesday, August 11, 2020


खगेन्द्र पराजुली,
२७ साउन, नवलपुर । 

देबचुलीमा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई जनसम्पर्कमा नरहन र चौकीबाट प्रत्यक्ष भेटघाटबाट सेवा प्रदान नगर्न निर्देश भएको छ । 

केही दिन अघि दलदले मुण्डे सडकखण्ड स्थित कैलाशचोकमा भएको दुर्घटनाका मोटरसाईकल चालक एक जनामा आरडीटी पोजेटिभ देखिएकाले ती ब्यक्तिको पिसीआर रिपोर्ट नआउँदासम्म दलदले चौकीमा कार्यरत ६ जनालाई बाहिरी गतिबिधिमा नजान भनिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवं सुचना अधिकारी बिशाल तामाङले जानकारी दिनुभएको छ । 

प्रहरी कार्यालयका अनुसार मोटरसाईकलको ठक्करवाट घाईते भएका बिरामी अंगभंग भई अस्पतालमा उपचार भईरहेकाले दलदलेबाट गएको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाएपछि उनलाई हिरासतमा राख्नुभन्दा पहिले आरडीटी गर्दा पोजेटिभ देखिएको हो । आरडीटीमा  पोजेटिभ देखिए लगत्तै उनलाई मध्यबिन्दु जिल्ला अस्पतालको आईशोलेशनमा राखिएको प्रहरी निरीक्षक तामाङले बताउनुभयो । 

अहिले दलदलेले हेर्ने सेवाक्षेत्रमा आवश्यक कामका लागी रजहरको प्रहरी कार्यालय र कावासोतीको प्रहरी कार्यालयबाट प्रहरी खटाईएको जनाईएको छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *