खगेन्द्र पराजुली,
२८ साउन, नवलपुर ।
बिनयी त्रिबेणी गाउँपालिकाको वडा नं. १ र २ लाई पूर्ण रुपमा शिल गरिएको छ ।
आज बसेको कोरोना नियन्त्रण तथा रोकथाम र विपत् ब्यवस्थावन समितको बैठकले गाउँपालिका अन्तर्गतको साबिक दुम्किवास क्षेत्र पुरै शिल गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार बिनयी त्रिबेणी २ स्थित सिजी सिमेण्ट कारखानामा कार्यरत वडा नं. १ मा डेरा गरी बस्ने बारा कलैयाका २६ बर्षका एक् युवामा संक्रमण पुष्टि भएपछि २ वटा वडा शिल गर्नुपरेको हो ।
ती ब्यक्ति जनै पुर्णिमा पर्व मनाउन घर गएका थिए । २० गते फकिएका उदी उद्योगमा गएर साथीहरुसँग घुलमिल भएको र डेरामा आई टोलमा समेत घुलमिल भएको प्रारम्भिक खोजपड्तालमा खुलेको हुँदा समुदायमा समेत पिसीआर परीक्षण गर्नुपर्ने भएकाले परीक्षणको रिपोर्ट नआउञ्जेल थप संक्रमण सम्भावना रोकथामका लागी शिल गरिएको जनाईएको छ ।
भरतपुरमा आईतवार संकलन भएको स्वावको नतिजामा आज बुधबार कोरोना पुष्टि भएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment