खगेन्द्र पराजुली,
२९ साउन, नवलपुर ।
नवलपुर सदरमुकाम कावासोतीमा समुदायमा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।
हिजो संक्रमण पुष्टि भएका ३ जनाको ट्राभल हिस्ट्री नभएका कारण समुदायमा संक्रमण देखिएको हो कि भन्ने आशंका भएको तर पुष्टि भने नभईसकेको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो ।
हिजो पोखरामा भएको परिक्षणमा कावासोतीका एक जना पत्रकार र एक जना बैकका कर्मचारीमा संक्रमण पुष्टि भएको छ । भने भरतपुर प्रयोगशालामा भएको परिक्षणमा वारा कलैया स्थायी ठेगाना भएका तर दुम्किवासमा रहेको सिमेन्ट कारखानामा कार्यरत एक जनामा संक्रमण पुष्टि भएसँगै समुदायमा पनि हुनसक्ने आशंकामा बिश्चित क्षेत्रहरुलाई बार बन्देज गर्ने कार्यको थालनी भएको छ ।
यहाँको बिनयी त्रिबेणी वडा नं. १ र २ शिल गरिएको छ ।
कावासोती नगरपालिकामा भदौ ६ गतेसम्म लकडाउन लागु हुने निर्णय भएको छ ।
दैनिक अत्यावश्यक बाहेकका अन्य सेवाहरु ठप्प रहने निर्णय गरेको छ ।
यस्तै मालपोत कार्यालय कावासोतीले समेत भदौ ६ गतेसम्मका लागी आप्mना सबै सेवाहरु बन्द गरेको बिज्ञप्ति मार्फत जनाएको छ ।
कावासोतीका पत्रकारमै संक्रमण पुष्टि भएपछि संक्रमण नियन्त्रणमा नगरपालिकाले के गर्ने भन्ने बिषयमा रोकथाम तथा नियन्त्रण समिति र बिपत् ब्यवस्थापन समितिको बैठकले लकडाउनको निर्णय गरेको हो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment