Friday, August 14, 2020


खगेन्द्र पराजुली, 
३० साउन, नवलपुुर । 

देबचुली वडा नं. ७ स्थायी घर भएका एक पुरुषमा संक्रमण पुष्टि भएको छ । 

सहरी बिकास कार्यालय भरतपुरमा कार्यरत कर्मचारीमा संक्रमण देखिएको स्वास्थय शाखा देबचुलीले जनाएको छ । 

हिजो बिहीवार प्राप्त रिपोर्टमा २८ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । कुनै ट्राभल हिस्ट्री नभएका ती ब्यक्तिमा ज्वरोको लक्षण देखिएपछि भरतपुर अस्पतालबाट स्वाव संकलन गरी पिसीआर परीक्षण गर्दा कोभिड १९ पोजेटिभ आएको स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभएको छ । 

वहाँका अनुसार ती ब्यक्ति २५ दिन यता स्थायी घर देबचुली नआएको भन्ने बुझिएको छ । ज्वरोको लक्षण देखिएपछि कार्यालयको आवास कक्षमै होम क्वारेन्टिनमै बसेको भन्ने बुझिएको छ । थप टे«सिङ र खोजपड्ताल भैरहेको छ । वहाँले भन्नुभयो । 

यी संक्रमितसँगै देबचुलीका २८ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २७ जना संक्रमणमुक्त भएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *