खगेन्द्र पराजुली,
३० साउन, नवलपुुर ।
बिनयी त्रिबेणी गाउँपालिका वडा नं. ६ की एक स्थानीय महिलामा संक्रमण पुष्टि भएको छ ।
बुटवल प्रयोगशालामा भएको परिक्षणमा ३० बर्षकी महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख ध्रुव काफ्लेले बताउनुभएको छ ।
शाखा प्रमुख काफ्लेका अनुसार साउन २५ गते संकलित स्वावको नतिजा हिजो बिहीवार प्राप्त भएको हो ।
गाउँमै पसल ब्यवसाय गर्दै आएकी ती महिलाको कुनै ट्राभल हिस्ट्री नरहेकाले उनमा संक्रमण कहाँबाट सरेको हो भन्ने छुट्याउन सकिएको छैन । कन्ट्याक ट्रेसिङको काम भैरहेको छ । वहाँले भन्नुभयो ।
ती महिलाको परिवारमा कोही ट्राभल हिस्ट्री बिवरण नभएको पनि वहाँले बताउनुभएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईका अनुसार अन्य ट्राभल हिस्ट्री नदेखिएको हुँदा पसल समेत भएकाले सीमावर्ती भारततर्फबाट लुकिछिपी आवतजावत गर्ने मानिसहरुसँगको ट्रान्समिसन हुन सक्नेतर्फ पनि ध्यान दिएर ट्रेसिङ भैरहेको छ ।
अहिले ती महिलालाई प्राकृतिक चिकित्सालयको आईशोलेशनमा लैजाने तयारी भैरहेको जनाईएको छ ।
यहाँ थप १ जना संक्रमित थपिएसँगै कुल २४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २१ जना संक्रमणमुक्त भएका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment