Friday, August 14, 2020


खगेन्द्र पराजुली, 
३० साउन, नवलपुर । 

देबचुली नगरपालिका वडा नं. १५ को वडा कार्यालय भाडाको कोठामा सरेको छ । नगर प्रमुख पूर्णकुमार श्रेष्ठले रिवन काटेर कार्यालय उद्घाटन गर्नुभयो । 

आज शुक्रवार उद्घाटन कार्यक्रममा उपप्रमुख पार्वता तिवारी, नगर प्रबक्ता एवं वडा नं. १३ का अध्यक्ष डिलबहादुर खत्री समेतको उपस्थिति रहेको थियो । 

१५ नं. वडाका अध्यक्ष हरिभक्त भटराईले प्रगतिनगर चोकदेखि दक्षिण साबिकको प्रगति निमाबिको नजिक गौरीशंकर टोलमा भाडामा घर लिएकाले अस्थायी कार्यालय उद्घाटन गरिएको बताउनुभयो । 

वहाँका अनुसार मेघकुमारी भुसालको पक्की घरको भुईतला २ बर्षका लागी भाडामा सम्झौता भएको छ । आज उद्घाटन भएपनि आईतवार वा सोमवारदेखि सेवा प्रवाह हुने समेत बताउनुभयो । 

मासिक १२ हजार ५ सय रुपैंया भाडादर कायम हुने गरी २ बर्षसम्मको सम्झौता भएको वडाध्यक्ष भटराईले टेलिफोन सम्पर्कमा बताउनुभएको छ । 

वहाँका अनुसार साबिकको प्रगति निमाबि हाल जनज्योति माबिको आधारभूत ब्लक खाली भएपछि कार्यालयलाई स्थायी रुपमा त्यहाँ सारिने जनाईएको छ । 

देबचुलीका १७ वटा वडामध्ये देबचुली १५ प्रगतिनगर आफ्नै भवन नभएर भाडामा बस्नुपरेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *