Sunday, August 16, 2020


खगेन्द्र पराजुली, 
३२ साउन, नवलपुर । 

बौदीकाली ३ को शारदा आधारभूत बिद्यालयमा कावासोती ८ ईन्द्रचोकका प्रेमकुमार भुसालले अक्षयकोष स्थापना गर्नुभएको छ । 

आफ्नो ८० औं जन्मोत्सवका अवसरमा समाजसेबी भुसालले अक्षयकोष स्थापना गरिदिनुभएको हो । 

बि.सं. १९९९ साल साउन ३२ गते पर्वतको उराममा जन्मनुभएका भुसालले आज परेको जन्मदिनमा बिद्यालयमा ५० हजार १ सय ५१ रुपैंयाको अक्षयकोष स्थापना गरेको घोषणा गर्नुभएको छ । 
यो वहाँले बिद्यालयमा स्थापना गर्नुभएको ३६ औं अक्षयकोष हो । 

यसअघि वहाँले पर्वत, स्याङ्जा र नवलपुरका बिभिन्न ३५ वटा बिद्यालयमा आफ्नो तर्फवाट अक्षयकोष स्थापना गर्नुभएको जनाईएको छ । 

बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा समस्या नहोस् भनेर वहाँले अक्षयकोष स्थापना गर्ने गरेको बताउनुहुन्छ । 

पर्वत, स्याङ्जा हुदै नवलपुरमा आई ब्यापार–ब्यवसाय समेत गर्नुभएका वहाँ जीवनको उत्तराद्र्धमा सामाजिक र धार्मिक गतिबिधिमा सहभागी भई दान–सहयोग गर्दै आउने दानी ब्यक्तित्वका रुपमा चिनिनुहुन्छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *