खगेन्द्र पराजुली,
३२ साउन, नवलपुर ।
नवलपुरको बिनयी त्रिबेणीमा समुदायका २ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि बिनयी त्रिबेणी १ दुम्किबासमा बस्ने वडा नं. २ को सिजी सिमेन्ट कारखानामा काम गर्ने बारा कलैयाका एक पुरुषमा संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना संक्रमण आएको हुनसक्ने आशंकमा संकलित गरिएका समुदायस्तरका १ सय ३ स्वाव नमूनामध्ये ८३ जनाको नेगेटिभ २ जनाको पोजेटिभ र १८ वटाको नतिजा आउन वाँकी रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव्रसाद चापागाईले जानकारी दिनुभएको छ ।
यस्तै, बिनयी त्रिबेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव काफ्लेका अनुसार वडा नं. १ का ३७ र ४२ बर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
ती पुरुष कुनै ट्राभल हिस्ट्री नरहेका स्थानीय नै हुन् । वडालाई शिल गर्नुभन्दा पहिले संक्रमण पुष्टि भएका पछिल्ला संक्रमितको ट्रेसिङकै आधारमा समुदायका थप २ जनामा संक्रमण देखिएको छ । थप बुझ्ने काम भैरहेको छ । वहाँले भन्नुभयो ।
योसँगै नवलपुरमा संक्रमण पुष्टि हुनेको संख्या ३ सय ४१ पुगेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment