Sunday, August 16, 2020


खगेन्द्र पराजुली, 
३२ साउन, नवलपुर । 

कोभिड १९ सँग स्वास्थ्य युद्ध लडिरहेको देशभरकै उत्कृष्ट आईशोलेसनको रुपमा नाम कमाउदै आएको नवलपुरको प्राकृतिक चिकित्सालयमा दिनरात खटेका चिकित्सालयका निर्देशकले चिन्ता ब्यक्त गर्नुभएको छ । 

नवलपुरको कोभिड १९ संक्रमितको उपचार गर्दै आएको प्राकृतिक चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले नवलपुरबासीको हेलच्याक्राईका कारण अवस्था भयावह हुन सक्नेतर्फ संकेत गर्दै चिन्ता ब्यक्त गर्नुभएको हो । 
अहिले यतिबेला प्राकृतिक चिकित्सालयको आईशोलेशनमा नवलपुरका पहिलो  संक्रमित पत्रकारको समेत उपचार भैरहेको छ । वहाँले ती पत्रकारसँग कुराकानीका क्रममा ३ सय १९ जना संक्रमण पुष्टि भएकालाई सफल उपचार मार्फत् निरोगी बनाएर पठाए पनि अव भने मेहनत र परिश्रम खेर जाने हो कि भन्ने चिन्ता लागेको अभिब्यक्ति मन अमिलो गराएर ब्यक्त गर्दा आफु पनि झस्किएको पत्रकारले सामाजिक सञ्जालमार्फत ब्यक्त गर्नुभएको छ ।  

डा. पौडेलको भनाईलाई उधृत गर्दै पत्रकार तथा रेडियो सामथ्र्य एफ एमका प्रबन्ध निर्देशक सागर पोख्रेल लेख्नुहुन्छ– नवलपुरका नागरिक सचेत भयनन् , मास्कको प्रयोग छैन , स्वाव टेष्ट गर्न दिन्छन र डुल्न निस्कन्छन, जुन समय होम क्वारेन्टाइनमा रहन पर्ने हो त्यो समय सडकमा भयपछि अवको अवस्था के होला हजुरले पनि त अनुमान गर्न सक्नुहुन्छ नि, आम नागरिक सचेत कहिले हुने , नियमनकारी निकाय कुन हो कस्ले पहल गर्छ ? यस्तै भैरहेका गतिबिधि र प्रश्नसँगै वहाँले जिल्लाबासीलाई धेरै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । 




0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *