Monday, August 17, 2020


खगेन्द्र पराजुली, 
१ भदौ, नवलपुर । 

कोभिड १९ समुदायमा फैलिन नदिन देबचुलीका होटल ब्यवसायीलाई सावधानी अपनाउन आग्रह गरिएको छ । 

देबचुली होटल ब्यवसायी संघले देशका बिभिन्न स्थानमा होटल सञ्चालक र त्यहाँको ट्रेसिङमा समेत परेका मानिसमा संक्रमण पुष्टि भएको पाईएकोले सतर्कता अपनाउन होटल ब्यवसायीलाई सु–सुचित गरेको छ । 

होटल ब्यवसायी संघ देबचुलीका अध्यक्ष सुरेश पाण्डेले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अपनाउन, मास्क लगाउन, अपरिचित ब्यक्तिलाई होटलभित्र नराख्न, सकेसम्म टेक अवे को मापदण्ड अनुसार ग्राहक आएमा घरै लगेर खान मिल्ने गरी प्याकिङ गरेर पठाउने ब्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । 

संघका सचिव भोजराज ज्ञवालीले अव चाडबाड नजिक आईरहेकाले धार्मिक–साँस्कृतिक पर्वहरु सबैले घरमै मनाउन आग्रह गर्दै देबचुलीका कुनै पनि होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसमा भोज–भतेर र मानिसहरुको भेला–उपस्थिति हुने खालका कुनै गतिबिधि सञ्चालन नगर्न नगराउन आग्रह गर्नुभएको । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *