खगेन्द्र पराजुली,
१ भदौ, नवलपुर ।
बौदीकालीका एक बिद्यालयका शिक्षकमा संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमित संख्या ३ सय ४२ पुगेको छ ।
आज पुष्टि भएका बौदीकाली गाउँपालिका वडा नं. ४ का ३५ बर्षका पुरुष भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुबेदीले जानकारी दिनुभएको छ ।
साउन ३० गते संकलित ४३ जनाको स्वावमध्ये एक जना समुदायका मानिसमा संक्रमण पुष्टि भएसँगै संक्रमितलाई आईशोलेशनमा पठाईसकेपछि कन्ट्याक्ट ट्रेसिङको काम थालिने वहाँले बताउनुभएको छ ।
समुदायलाई लक्षित गरी संकलन गरिएको अरु ४२ जनाको रिपोर्ट नेगेटिभ रहेको जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment