खगेन्द्र पराजुली,
१ भदौ, नवलपुर ।
नवलपुरको बिनयी त्रिबेणीका एक स्थानीयमा संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमित पुष्टि हुनेको संख्या ३ सय ४३ पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको आईतवार राती ९ बजेको बिज्ञप्ति अनुसार बिनयी त्रिबेणी १ का २८ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार सिजी सिमेन्ट उद्योगमा काम गर्ने एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
योसँगै बिनयी त्रिबेणीमा मात्रै यात्रा बिवरण नभएका स्थानीयमा भेटिएका संक्रमित संख्या ६ पुगेको छ ।
जसमध्ये यसअघि १ जना सिजीमा कार्यरत पुरुष, वडा नं. ६ का १ जना महिला र एक जना पुरुष र वडा नं. १ का २ जना पुरुष सहित ५ जना प्राकृतिक आईशोलेशनमा उपचाररत छन् । आज संक्रमण पुष्टि भएका ती ब्यक्तिलाई पनि प्राकृतिक आईशोलेशन रजहर लैजाने तयारी भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment