खगेन्द्र पराजुली,
२ भदौ, नवलपुर ।
कावासोतीका २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमित पुष्टि हुनेको संख्या ३ सय ४५ पुगेको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार कावासोती नगरपालिका वडा नं. २ का ३७ बर्षकी महिला र १४ बर्षकी बालिकामा संक्रमण पुष्टि भएको छ ।
साउन २८ गते कावासोतीका स्थानीयमा संक्रमण पुष्टि भएको कन्ट्याक ट्रेसिङका आधारमा ३१ गते जिल्ला अस्पतालमा संकलन गरिएको स्वाव नमूनामध्ये २ जनामा संक्रमण पुष्टि भएको हो ।
कावासोतीमा थप २ जनामा संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा यहाँ ४ जनामा काभिड १९ पुष्टि भएको छ ।
यसअघि एक जना पत्रकार र एक जना बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment