Saturday, October 22, 2022



खगेन्द्र पराजुली

 नवलपुर, कार्तिक  ५ । 

नवलपुर क्षेत्र नं. १ मा आफूलाई स्वतन्त्र दावी गर्दै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवारी दिएका तुलसीराम भुसालले पुराना राजनैतिक दललाई राष्ट्रियता खतरामा पारेको आरोप लगाएका छन् । उनले आफूअहिले पनि स्वतन्त्र नै रहेको तर प्राविधिक रुपमा हाम्रो जनता पार्टीका अध्यक्षसँग आफू स्वतन्त्र नै रहने लिखित सहमति भएपछि पार्टीको चुनाव चिन्ह लौरो उपयोग गरेको स्पष्ट पारेका छन् ।उनले यसलाई अझ प्रष्ट पार्दै भने– “राप्रपा नेपालको चुनाव चिन्ह त सूर्य होईन नि तर कमल थापाले एमाले अध्यक्षसँगको सहमतिमा एमालेको चुनाव चिन्हबाट लडेका छन् । अहिलेलाई यसरी बुझ्न अनुरोध गर्दछु ।” भुसालले भने ।  

दलदलेमा जिल्ला सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा भुसालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेदवारी राजनितिमा देखिएको विकृति, विसंगति विरुद्ध र सुशासनका निम्ति भएको बताए । 

भुसालले आफ्नो उम्मेदवारी नवलपुरको समग्र बिकासका निम्ति रहेको बताए । उनले स्वास्थ्य, शिक्षा र रोजगारी तथा गास, बास कपासको न्यूनतम एजेण्डाका साथ मतदाताबीच आएको बताए । 

भुसालले निजीकरण भएर बन्द भएका उद्योग पुनः सञ्चालन गर्ने, धौवादी फलाम खानी कार्यान्वयनमा ल्याउने, कृषि, पर्यटन, खेलकुदका क्षेत्रको उत्थानका निम्ति आफू लाग्ने बताए । 

पत्रकार सम्मेलन तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नवलपुर क्षेत्र नं. २ क मा प्रदेशतर्फ उम्मेदवारी दिएका यदुनाथ सिग्देलले समेत भुसालकै आसयका भनाई राख्दै देशर जनताको हितका लागि लौरो अभियानका युवालाई जिताउनु बाहेक अर्को विकल्प नभएको भनाई राखेका थिए । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *